रुरु जलविद्युतको आईपीओ बाँडफाँड शुक्रबार, कतिले पाउलान् ?
प्रकाशित मिति: बिहिबार, बैशाख ०२, २०७८ | १६:०९:५५
काठमाडौं,२ वैशाख ।
रूरू जलविद्युत् आयोजनाको आईपीओ शुक्रवार बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा विहान ८ बजे आईपीओ बाँडफाँट हुने भएको हो ।
रु रु ले चैत २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो ।
कम्पनीको आईपीओमा १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदकले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन परेको छ । यो सर्वसाधारणका लागि निष्कासन गरिएको भन्दा ६१.६५ गुणा बढी हो ।
अन्तिम तथ्यांकलाई हेर्दा ग्रोलाप्रथाबाट वितरण गर्दा ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी ९८ प्रतिशत भन्दा धेरै आवेदकको हात खाली हुनेछ ।
कम्पनीले सर्वसाधारणका लागि १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
प्रकाशित मिति : बिहिबार, बैशाख ०२, २०७८ |
१६:०९:५५
4665


















