मंगलबार घट्यो सुनको मुल्य,तोलाको कति ?
प्रकाशित मिति: मंगलबार, बैशाख ०७, २०७८ | १२:१३:५८
काठमाडौं,७ बैशाख ।
मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले मूल्य घटेको छ । सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
प्रकाशित मिति : मंगलबार, बैशाख ०७, २०७८ |
१२:१३:५८
4269


















