कावासोतीमा विद्यालय र हाटबजार एक साता बन्द
प्रकाशित मिति: सोमबार, बैशाख १३, २०७८ | ८:१५:०५
नवलपुर, १३ वैशाख ।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को जिल्ला सदरमुकाम कावासोती नगरपालिकामा विद्यार्थीमा कोरोना सङ्क्रमण देखिन थालेपछि नगरभित्रका विद्यालयहरु एक साताका लागि बन्द गरिएको छ ।
आइतबार बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले विद्यालयहरु र हाटबजारहरु शुक्रबारसम्म बन्द गर्ने निर्णय गरेको नगरस्तरीय विपद् व्यवस्थापन समितिका सदस्य शारदाप्रसाद अधिकारीले जानकारी दिए ।
नगरपालिकाको वडा नं २ मा रहेको शिव माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि कावासोतीका सबै विद्यालयहरु र हाटबजारहरु शुक्रबारसम्मको लागि बन्द गरिएको हो ।
वैशाख २० गतेबाट शुरु हुने विद्यालय स्तरका वार्षिक परीक्षा भने तोकिएकै मितिमा सञ्चालन हुने जनाइएको छ । यसैबीच नवलपुरमा पछिल्लाे २४ घण्टामा १२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।
प्रकाशित मिति : सोमबार, बैशाख १३, २०७८ |
८:१५:०५
7415


















