मंगबारदेखि हुने त्रिविका सबै परीक्षा स्थगित
प्रकाशित मिति: सोमबार, बैशाख १३, २०७८ | १६:२७:०४
काठमाडौं,१३ वैशाख ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले (भोलि) मंगलवारदेखि तोकिएका सबै परीक्षा स्थगित गरेको छ ।
कोरोना भाइरस संक्रमणको महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिने भएकाले अर्काे सूचना नभएसम्मका लागि परीक्षा स्थगित गरिएको छ ।
परीक्षा नियन्त्रकले सोमवार एक सूचना प्रकाशित गर्दै परीक्षा स्थगित भएका जानकारी दिएका छन् ।

प्रकाशित मिति : सोमबार, बैशाख १३, २०७८ |
१६:२७:०४
4071

















