बुधवार सुनचाँदीको मुल्य कति पुग्यो ?
प्रकाशित मिति: बुधबार, बैशाख १५, २०७८ | ११:४१:१५
काठमाडौं,१५ वैशाख ।
नेपाली बजारमा बुधवार (आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार २ सय रहेको थियो । भने आज सुनको मूल्य तोलामा ७ सयले कमि आई प्रतितोलामा ९० हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुुनको मूल्य ९० हजार कायम भएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । मंगलवार चाँदीको मूल्य १३ सय १५ रहेको थियो भने आज मूल्यमा कमि आइ प्रतितोला चाँदी १३ सय ५ कायम भइ कारोबार भइरहेको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख १५, २०७८ |
११:४१:१५
3807


















