शुक्रवार घट्यो सुनको भाउ, कति पुग्यो ?
प्रकाशित मिति: शुक्रबार, बैशाख १७, २०७८ | १२:०४:५०
चितवन, १७ वैशाख ।
सुनचाँदीको भाउ आज घटेको छ ।
हप्ताको अन्तिम दिन आज सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
हिजो सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो । हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि २० रुपैयाँ घटेको छ । हिजो तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय ९५ रुपैयाँ तोकिएको छ ।
गएको आइतवार चाँदीको भाउ तोलामा १३ सय १० रुपैयाँ तोकिएको थियो।
प्रकाशित मिति : शुक्रबार, बैशाख १७, २०७८ |
१२:०४:५०
3521


















