सुनको मूल्य घट्यो, तोलामा कति ?
प्रकाशित मिति: बुधबार, बैशाख २२, २०७८ | ११:१९:४७
काठमाडौँ,२२ वैशाख ।
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । मंगलबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ३०० रुपैयाँ घटेर ९० हजार ३०० रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोही परिमाणको तेजावी सुनलाई प्रतितोला ८९ हजार ८०० रुपैयाँ पर्नेछ ।
यता, चाँदीको भाउ समेत घटेको छ । मंगलबार प्रतितोला एक हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार भने एक हजार ३२० रुपैयाँ पर्ने महासंघले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख २२, २०७८ |
११:१९:४७
4467


















