आइतवार ह्वातै बढ्यो सुनको मूल्य,कति छ आज?
प्रकाशित मिति: आइतबार, जेठ ०२, २०७८ | १२:१६:५५
काठमाडौं,२ जेठ ।
साताको पहिलो दिन आइतवार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा रू. ९०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ५०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ६०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. ९०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजारमा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार १०० मा कारोबार भएको थियो ।
यस्तै, आइतवार चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार प्रतितोला रू. १ हजार ३३० मा कारोबार भएको चाँदी आइतवार रू. १ हजार ३५० खरीदविक्री भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदी रू. २० ले बढेको हो ।
प्रकाशित मिति : आइतबार, जेठ ०२, २०७८ |
१२:१६:५५
4027


















