सुनचाँदीको भाउ बढ्यो, कति छ आजको मूल्य ?
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८ | ११:५९:३०
काठमाडौँ ,१७ जेठ ।
सोमबार पनि सुनचाँदीको मूल्य सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार स्थानीय बजारमा छापावाल सुनको मूल्य ९४ हजार २०० रुपैयाँ रहेको छ ।
हिजो आइतबार ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला २०० रुपैयाँले बढेको हो ।
सोही परिमाणको तेजावी सुन आज प्रतितोला ९३ हजार ७०० रुपैयाँ रहेको छ ।
यता, चाँदीको मूल्य पनि सामान्य बढेको छ । आइतबार प्रतितोला एक हजार ३५५ रुपैयाँ रहेको चाँदीको भाउ सोमबार पाँच रुपैयाँले बढेर एक हजार ३६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, जेठ १७, २०७८ |
११:५९:३०
4049


















