घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८ | १२:११:१८
काठमाडौं, २१ जेठ ।
आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
निरन्तर बढेको सुनचाँदीको मूल्य आज भने घटेको छ । हिजोको तुलनामा आज सुन १५०० रुपैयाँ प्रतितोला घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
संघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुन प्रति तोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँले घटेको हो ।
प्रकाशित मिति : शुक्रबार, जेठ २१, २०७८ |
१२:११:१८
4951





















