सुनचाँदीको भाउ बढ्यो,आज कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८ | १२:२९:४४
काठमाडौँ,२५ जेठ।
स्थानीय बजारमा आज मंगलबार सुनचाँदीको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजावी सुन ९३ हजार ६०० रुपैयाँ रहेको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजावी सुन ९३ हजार ३०० रहेको छ ।
यता, चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार बढेर एक हजार ३५५ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : मंगलबार, जेठ २५, २०७८ |
१२:२९:४४
3983





















