सुनको मूल्य एक सय रुपैयाँले घट्यो,कति छ आजको मूल्य ?
प्रकाशित मिति: बुधबार, आषाढ ०२, २०७८ | १२:३३:३५
काठमाडौँ, २ असार ।
बुधबार नेपाली बजारमा चाँदीको मूल्य सामान्य वृद्धि हुँदा सुनको मूल्य एक सय रुपैयाँले घट्न पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढ्दै एक हजार ३६० रुपैयाँ पुगेछ भने सुन एक सय रुपैयाँले घट्दै ९३ हजार १०० रुपैयाँमा झरेको हो ।
आज यता तेजाबी सुन पनि १०० रुपैयाँले घट्दै ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : बुधबार, आषाढ ०२, २०७८ |
१२:३३:३५
4159





















