यी केटीलाई मनपर्छ कुकुर शैली : प्रेमीसँग खोरमा सुत्नेदेखि गर्न थालिन् यस्ता हर्कत –कारण जान्नुहोस्
मान्छेलाई कुकुर, बिरालाजस्ता जनवार पालन मनपर्छ । तर कोही कुकुरजस्तै जिन्दगी बाँच्न चाहान्छ भन्दा पत्याउन गाह्रो पर्न सक्छ । यो कुनै मजाक नभएर सत्य कुरा हो । एउटी केटीलाई कुकुर जस्तै बाँच्न मन पर्छ । उनी कुकुरको शैलीमा आफ्नो घाँटीमा पट्टा बाँधेर राख्छिन् । खोरमा सुत्छिन् भने भाँडोमा खाना खान्छिन् । प्रेमीले पनि प्रेमिकासँग कुकुरलाई गर्ने शैलीको व्यवहार गर्छन् । यी युवती र उनका प्रेमीको प्रेमकथा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । जेन्ना २१ वर्षकी भइन्, उनी आफ्नो प्रेमी लोरेन्जोसँग अस्टिन (अमेरिका) मा बस्छिन् । जेन्नाले यस्तो जीवनलाई ‘पिल्ला प्ले’ भनिन् ।
सो जोडीको प्रेमकथाको भिडियो लभ डोन्ट जज युट्युब च्यानलमा अपलोड भएको छ । भिडियोमा जेना कुकुर जस्तै हिँड्ने, कटौराबाट पानी पिउने गरिरहेकी छिन् । उनले जमिनबाट माटो खनेर पनि खान्छिन् । उनी कुकुरझैँ खोलामा हाम पनि फाल्छिन् ।
कहिलेकाहीँ उनी जुत्ता वा चप्पल पनि टोकेर च्यात्ने गर्छिन् । जब जेनालाई हिड्न मन लाग्छ उनी आफैं पट्टा घाँटीमा ल्याउँछिन् ।
अनि त्यसपछि लोरेन्जोले उनलाई बाहिर घुमाउन लैजानुपर्छ । यतिबेला आखिर उनले यो किन गर्छिन् ? भन्ने प्रश्न उठेको छ । जेना आफैंले यसको कथा सुनाइन् । जेनाका अनुसार उनलाई बाल्यकालदेखि नै कुकुरको अभिनय मनपर्छ । बाल्यकालमा पनि उनले कुकुर जस्तो देखिने लुगा लगाउँथिन् । अहिले उनी पट्टाबिना बाहिर निस्किनन् ।
पट्टा लगाएर बाहिर निस्कँदा उनी बढी सुरक्षित महसुस गर्छिन् । जेनाले भनिन्, ‘संसारमा कसैले मेरो नाम नजानेको भए पनि म यो काम जारी राख्छु ।’ जेना घरभित्र पनि खोरमा सुत्छिन् । उनलाई खोरमा बस्न सबैभन्दा बढी मनपर्छ ।
अर्कोतिर लोरेन्जो, जब उनले यो खोर देखे, उनी छक्क परेका थिए । दुनियाँले जत्ति नै आलोचना गरेपनि उनीहरू आफ्नो जीवनशैली परिवर्तन गर्न तयार छैनन् । जेना भन्छिन्, ‘मेरो नजरमा लोरेन्जो सबैभन्दा राम्रो मालिक हो, म उहाँलाई जे पनि सोध्न सक्छु । उसले मेरो हेरचाह गर्छ ।’ जेनाले थप भनिन्, ‘म सबैभन्दा भाग्यमानी कुकुर हुँ ।’
भिडियोमा त्यो जोडीलाई बाहिर घुम्न जाँदै गरेको पनि देखाइएको छ । लोरेन्जोले जेनातर्फ ‘डग अनर’ जस्ता विभिन्न चीजहरू फ्याँक्छन्, जेनाले त्यसलाई उठाउँछिन् । जेनाले आफ्नो प्रेमी एवं मालिक लोरेन्जोलाई गत वर्ष फोटोसुटको क्रममा भेटेकी थिइन् ।
त्यसयता दुवै जना सँगै छन् । पहिलो भेटमै दुवैले एकअर्कालाई मन दिए । जेनाले नै पहिले आफूलाई कुकुर जस्तै बाँच्न मनपर्छ भनेर बताएकी थिइन् । जेनाका अनुसार पपी प्लेले उनीहरूको सम्बन्धमा धेरै अर्थ राख्छ ।
धेरैले सामाजिक सञ्जालमा यो जोडीको तरिकालाई निकै मन पराएका छन् । उनीहरुको फ्यान फलोइङ पनि धेरै राम्रो छ । अर्काथरी मान्छेहरू उनको व्यवहारका कारण मन पराउँदैनन् । मानिसहरूले दुवैलाई पटकपटक ट्रोल पनि गरिरहेका हुन्छन् । धेरै भिडियोहरूमा, मानिसहरूले जेनालाई पागल भनेर सम्बोधन गरेका छन् ।



















