इरान प्रदर्शनः फुटबल लिजेन्ड अली दाईको परिवारलाई देशबाहिर जान रोक
प्रकाशित मिति: मंगलबार, पौष १२, २०७९ | १३:००:१४
तेहरान, १२ पुस | इरानी फुटबल लिजेन्ड अली दाइले आफ्नी श्रीमती र छोरीलाई देश छोड्न नदिन अन्तर्राष्ट्रिय उडान ‘रिरुट’ गरिएको बताएका छन् । ५३ वर्षीय अलीका अनुसार उनको परिवार सोमबार बिदामा उनीसँग सामेल हुन तेहरानबाट दुबई उडान गर्ने प्रयास गरेको थियो । तर, उडानलाई एउटा इरानी टापुमा अवतरण गर्न लगाइयो र तिनीहरूलाई हटाइएको थियो । विमान रिरुट गर्नुको कुनै कारण दिइएको छैन् । सेप्टेम्बरमा २२ वर्षीय इरानी–कुर्द महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानमा प्रदर्शन सुरु भएको थियो । अनुचित रूपमा टाउकोमा बुर्का लगाएको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।६९ बालबालिकासहित ५०० भन्दा बढी प्रदर्शनकारी मारिएका छन् भने हजारौंलाई गिरफ्तार गरिएको मानवअधिकारकर्मीहरूले बताएका छन् । दर्जनौं इरानी सुरक्षाकर्मी पनि मारिएको जनाइएको छ ।
प्रकाशित मिति : मंगलबार, पौष १२, २०७९ |
१३:००:१४
7129



















