नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जरमा जाने सम्झौता
प्रकाशित मिति: मंगलबार, पौष १२, २०७९ | १४:४५:०८
काठमाडौं, १२ पुस | नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर प्ररम्भिक सम्झौता भएको छ । दुई लघुवित्त संस्थाबीच मंगलबारदेखी लागू हुने गरी सोमबार एकआपसमा गाभिने सम्झौता भएको हो । दुवै संस्थाका अध्यक्षले सम्झौतापत्रमा हस्ताक्षर गरी एक आपसमा गाभ्ने–गाभिने सहमति गरेका हुन् । दुवै कम्पनीले एक आपसमा गाभ्ने गाभिने प्रक्रिया सम्पन्न नभएसम्म आधारभूत सेयरधनीहरूको सेयर कारोबार रोक्का गर्न नेप्सेलाई अनुरोध गरेका छन् ।
प्रकाशित मिति : मंगलबार, पौष १२, २०७९ |
१४:४५:०८
7327



















