लुम्बिनी जनरल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने
प्रकाशित मिति: बिहिबार, पौष १४, २०७९ | १३:००:२१
काठमाडौं, १४ पुस | लुम्बिनी जनरल इन्सुरेन्सले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई कम्पनीको चुक्ता पूंजी एक अर्ब ३१ करोड २७ लाख ८४ हजार ५५० को ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित वित्तीय विवरणहरू नियामक निकाय नेपाल बिमा प्राधिकरण र लुम्बिनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, पौष १४, २०७९ |
१३:००:२१
7547



















