पूर्वन्यायाधीश उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर
प्रकाशित मिति: बिहिबार, माघ २६, २०७९ | २०:२५:२६
काठमाडौं, २६ माघ | पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर भएका छन् । तनहुँ जिल्ला अदालतलमा न्यायाधीश रहँदा उपाध्यायविरूद्ध न्याय परिषदमा शैक्षिक प्रमाणपत्रको विषयमा उजुरी परेकोमा विशेष अदालतले उनलाई दोषी करार गर्दै तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । विशेष अदालतका सदस्यहरू यमुना भट्टराई, बलभद्र बाँस्तोला र डा. खुसीप्रसाद थारूको इजलासले आज उपाध्यायको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा फैसला गरेको हो ।
प्रकाशित मिति : बिहिबार, माघ २६, २०७९ |
२०:२५:२६
6645





















