अस्पतालमा महिलासँग अश्लिल गतिविधि गर्दै थिए डाक्टर, समातिएपछि भने श्रीमती हुन्
छिमेकी देश भारतकोपनि नेपालीहरु पुगिरहने छिमेकी सीमा क्षेत्र बिहारको मुंगेरमा एउटा भिडियो भाइरल भइरहेको छ । यसमा मुंगेरका एक प्रतिष्ठित डाक्टरले युवतीसँग अश्लीलता गरेको देख्न सकिन्छ।
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सदरमुकामबाट अनुसन्धानका लागि टोली गठन गरिएको छ । भिडियोमा देखिएका युवती र डाक्टरलाई पनि सोधपुछ गरिएको छ ।
डाक्टर र युवतीले आफूहरु श्रीमान्–श्रीमती भएको बताएका छन् । अश्लीलता देख्न नसकेर स्थानीयले पक्राउ गरे । रंगेहात पक्राउ परेपछि उनी आफ्नो श्रीमती भएको दावी डाक्टरले गरेका छन् ।
तर जानकारहरुका अनुसार उनी डाक्टरकी श्रीमती नभएर डाक्टरकी नियमित स्वास्थ्य जाँच गराउने क्लाइण्ट भएको खुल्न आएको छ ।
उल्लेखनीय छ, विगतमा सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भएको थियो । यो भिडियो प्रतिष्ठित अस्पतालको भएकोले चर्चाको विषय बनेको छ । यो भिडियोमा प्रहरीको नजर पुग्यो । अनुसन्धानमा डाक्टर र युवतीले आफूहरु श्रीमान्–श्रीमती भएको बताएका छन् ।
डीएसपी सदर राजेश कुमारले यस विषयमा सम्बन्धित फुटेज सूचनामा आएको बताए। यस विषयमा छानबिन गर्न टोली पठाइएको थियो । अश्लिल कार्य गर्ने डाक्टर भएको थाहा भएको छ । उनले जसलाई सार्वजनिक रुपमा दुव्र्यवहार गरिरहेका छन्, उनी श्रीमती हुन् । साथै यो भिडियो दुई वर्ष पुरानो हो ।




















