जुवातास खेलेकाे आराेपमा १५ जना पक्राउ
प्रकाशित मिति: मंगलबार, फाल्गुण १६, २०७९ | १४:४५:०५
काठमाडौं, १७ फागुन । काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुली बस्ने ६६ वर्षीय पेम्बा छोटुप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासमेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३६ हजार ५०० रुपैयाँ र ३१ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण १६, २०७९ |
१४:४५:०५
6029
















