तीन वर्षीया छोरीकाे हत्या आराेपमा बुबा पक्राउ
प्रकाशित मिति: बिहिबार, फाल्गुण १८, २०७९ | १४:५४:३३
बाग्लुङ, १८ फागुन । आफ्नै छोरी ३ वर्षीया अरिसा दिनको हत्या गरेकोआराेपमा बागलुङ नगरपालिका-१२ अमलाचौर घर भई जैमिनी नगरपालिका-४ सर्कुवा बस्ने २० वर्षीय सायर दिनलाई प्रहरीले पक्राउ गरेको छ । सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण १८, २०७९ |
१४:५४:३३
6689
















