अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट
प्रकाशित मिति: बुधबार, फाल्गुण २४, २०७९ | १७:५४:२१
काठमाडौं, २४ फागुन । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ । बिहीबार विवाह गर्ने तयारी गरेका उनीहरुले बुधबार इन्गेजमेन्टको भएको तस्बिर सार्वजनिक गर्दै आशिर्वाद मागेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार तस्बिर सार्वजनिक गर्दै अभिनेत्री सुरक्षाले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदै छ । हामी धेरै खुसी छौँ । आशिर्वाद दिनुहोला ।’
प्रकाशित मिति : बुधबार, फाल्गुण २४, २०७९ |
१७:५४:२१
8779



















