सवारी दुर्घटनामा एक जनाकाे मृत्यु
प्रकाशित मिति: आइतबार, फाल्गुण २८, २०७९ | ११:१५:२९
बारा, २८ फागुन । बाराको महागढिमाई नगरपालिका ८ थलही पुलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कलैयाबाट लङ्गडा चोक तर्फ जाँदै गरेको ना ३७ प ४१४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक बाराकै आदर्श कोतवाल गाउँपालिका १ जमुनियाका अन्दाजी २२ वर्षीय विकास कुमार साह घाईते भएका थिए । उनकाे उपचारको क्रममा गण्डक अस्पताल वीरगञ्ज पर्सामा मृत्यु भएको हो । दुर्घटनामा संलग्न सवारी साधन फरार भएकाले खोजी भएरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुण २८, २०७९ |
११:१५:२९
7635



















