प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सिता दाहालको निधन
प्रकाशित मिति: बुधबार, आषाढ २७, २०८० | १०:०७:४६
काठमाडौँ , २७ असार । प्रधानमन्त्री पत्नी सिता दाहालको ६९ वर्षको उपचारका क्रममा आज बिहान निधन भएको छ । उनको थापाथली स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
प्रधानमन्त्रीका निजी चिकित्सक युवराज शर्माले सिताको बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयाघात भएको थियो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री दाहाल पनि नर्भिक अस्पताल पुगेका छन् ।
नर्भिक अस्पतालले औपचारिक जानकारी दिनका लागि साढे नौ बजे औपचारिक जानकारी दिनका लागि पत्रकार सम्मेलन गर्दैछ ।
उनी लामो समयदेखि विरामी थिइन् ।
प्रकाशित मिति : बुधबार, आषाढ २७, २०८० |
१०:०७:४६
5765





















