सिताको शव श्रद्धाञ्जलीका लागि ११ बजेदेखि दुई घण्टा पेरिसडाँडा राखिने
प्रकाशित मिति: बुधबार, आषाढ २७, २०८० | १०:१७:३५
काठमाडौँ , २७ असार | प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालकी पत्नीको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेबाट माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ ।
प्रधानमन्त्रीको सचिवालयले माओवादी केन्द्रकी सल्लाहकारसमेत रहेकी सिताको शव बिहान ११ बजेदेखि दिउँसो एक बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राख्ने जानकारी दिएको छ ।
प्रकाशित मिति : बुधबार, आषाढ २७, २०८० |
१०:१७:३५
1783