प्रधानमन्त्री पत्नी सिताको अन्तिम संस्कार २ बजे आर्यघाटमा गरिने
प्रकाशित मिति: बुधबार, आषाढ २७, २०८० | १०:२७:५३
काठमाडौँ , २७ असार। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सिताको दिउँसो दुई बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
प्रधानमन्त्रीको सचिवालयले पशुपतिमा दिउँसो २ बजे अन्तिम संस्कार गर्ने जानकारी दिएको छ । त्यसअघि सिताको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेबाट माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ ।
प्रधानमन्त्रीको सचिवालयले माओवादी केन्द्रकी सल्लाहकारसमेत रहेकी सिताको शव बिहान ११ बजेदेखि दिउँसो एक बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राख्ने जानकारी दिएको छ ।
दाहालकी जीवनसंगिनी सीताको बिहान ८ः३३ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
प्रकाशित मिति : बुधबार, आषाढ २७, २०८० |
१०:२७:५३
1937