भक्तपुर थिमिमा १५० शैयाको अस्पताल स्थापना गर्न सम्झौता पत्रमा हस्ताक्षर
प्रकाशित मिति: बुधबार, आषाढ २७, २०८० | २०:२६:५६
काठमाडौँ , २७ असार । अर्थ मन्त्रालय र कोरियाको राजदुतावासबीच भक्तपुरको जोखिममा रहेका क्षेत्रका गरिबिका लागि विश्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्न चिकित्सा सेवाको क्षमता अभिवृद्धि परियोजनाका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सिंहरबार स्थित अर्थ मन्त्रालयमा अर्थ सचिव अर्जुन पोखरेल र नेपालका लागि कोरियाली राजदुत पार्क ते- योङ विच भक्तपुर स्थित मध्यपुर थिमिमा १५० शैयाको अस्पताल स्थापना गर्न गणतन्त्र कोरियाले ९.५ मिलियन अमेरिकी डलर खर्च गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको हाे । उक्त हस्ताक्षर कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, कर्मचारी लगायतको उपस्थिति रहेको थियाे।
प्रकाशित मिति : बुधबार, आषाढ २७, २०८० |
२०:२६:५६
1365