साताको अन्तिम दिन नेप्से दोहोरो अंकले गिरावट
प्रकाशित मिति: बिहिबार, आषाढ २८, २०८० | १८:०९:२९
काठमाडौं , २८ असार । साताको अन्तिम कारोबार दिन आज नेप्से १२.६२ अंकले घटेको छ । योसँगै नेप्से परिसूचक २०८४.९३ अंकमा पुगेर रोकिएको छ ।
आज तीन अर्ब ३९ करोड रुपैयाँ बराबरको ९३ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै मूल्य गिरावट आउने कम्पनी पिपुल्स हाइड्रोपावर कम्पनी रहेको छ । यस्तै, सबैभन्दा धेरै सेयर कारोबार शिवम् सिमेन्टको भएको छ ।
आज बैंक, होटल र टुरिजम र म्यूचुअल फण्ड समूहको सूचक बढेको हो । यसबाहेक अन्य १० समूहको सूचक भने घटेको छ ।
प्रकाशित मिति : बिहिबार, आषाढ २८, २०८० |
१८:०९:२९
1607