नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजार भारी अंकले वृद्धि
प्रकाशित मिति: सोमबार, साउन ०१, २०८० | १७:४१:०९
काठमाडौं , १ साउन । आर्थिक वर्ष २०८०/०८१ को पहिलो कारोबारको दिन शेयर बजार भारी अंकले वृद्धि भएको छ ।
सोमबार नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ बिन्दुमा पुगेको हो । आज बजारमा ७६ लाख ३४ हजार १९० कित्ता सेयरको खरिद बिक्री भएको छ । जसमा दुई अर्ब ५६ करोड एक लाख ९१ हजार २८८ रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबारमा बिपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सकिर्टमा कारोबार भएको छ ।
कारोबारका आधारमा शिभम सिमेन्टस १४ करोड ८६ लाख १९ हजार ४५५ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।
प्रकाशित मिति : सोमबार, साउन ०१, २०८० |
१७:४१:०९
3411