राजश्वद्वारा लाजिम्पाटस्थित डंगोलद्वयको जस्ताको टहरामा छापा
प्रकाशित मिति: बिहिबार, साउन ११, २०८० | १९:०६:०६
काठमाडौं,११ साउन । १०० किलो सुन बरामत प्रकरणमा राजश्व अनुसन्धान आयोगको टोलीले लाजिम्पाटस्थित सुरेन्द्र डंगोल र सरस्वती डंगोलको जस्ताको टहरोमा छापा मारेको छ ।
चाइनिजले गोदाम बनाएर सामान राखेको जानकारीमा आएपछि अनुसन्धान विभागको टोलीले सशस्त्र प्रहरीको सहयोगमा काठमाडौँ महानगरपालिका वडा नं २ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको रोहबरमा छापा मारेको हो ।
गोदाममा लगाइएको ताला फोडेर छापा मारिएको विभाग स्रोतले जानकारी दियो । गोदामबाट के के सामान बरामद भयो भन्नेबारे जानकारी दिइएको छैन् ।
साउन ३ गते विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भइसकेपछि करिब १०० किलो सुन बरामद गरेको थियो । त्यही प्रकरणमा विभागले एक चाइनिज, एक भारतीयसहित २२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : बिहिबार, साउन ११, २०८० |
१९:०६:०६
3235