मनहरीमा ट्रकको पछाडी मोटरसाइकल ठक्करखादा दुईजनाको मृत्यु
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० | ९:००:५७
मकवानपुर , १५ साउन । मकवानपुरको ज्यामिरेमा ट्रकको पछाडी मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर ७ ज्यामिरेमा बिग्रेर रोकेको ट्रकको पछाडी गएराती मोटरसाइकल ठक्कर खाएको हो । ना ५ ख ७४७२ नम्बरको ट्रकको पछाडि भागमा चितवनबाट हेटौडा तर्फ जादै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो ।
दुर्घटनामा परि मनहरी गाउँपालिका ९ बस्ने मोटरसाइकल चालक २२ वर्षिय शम्भु गिरि र सोही स्थानका २१ वर्षीय सुशिल गिरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, साउन १५, २०८० |
९:००:५७
9659