‘राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्’ ! यस्ता छन् बेफाइदा
काठमाडौं ,१५ साउन । राति सुत्ने बेलामा तपाई भित्री वस्त्र र कसिला वस्त्र प्रयोग गर्नुहुन्छ भने सावधान ! अझैपनि केहीले त भन्छन्, ‘ह्या ! सुत्ने त हो नि, कस्तो लुगा भन्ने कुराले के नै फरक पार्छ र ?’ यदि त्यसो हो भने तपाई गलत सोच्दै हुनुहुन्छ । यो बानी हटाइहाल्नुहोस् ।
एक अध्ययनका अनुसार राति सुत्ने बेलामा भित्री बस्त्र खोलेर खुकुला र सुतीको कपडा प्रयोग गर्नुभएन भने तपाईको शरीरमा समस्या देखिन थाल्छ ।
हो, अझ महिलाले यस्तो कुरामा विशेष ध्यान दिनुपर्छ । २४ सै घण्टा तपाईले ब्रा लगाउनाले शरीरमा अनेक समस्याहरू देखिन्छन्। हुन त तपाई भन्नुहोला शरीरको बनावटलाई आकर्षक बनाउन पनि ब्राको प्रयोग त गर्नैप-यो नि । तर त्यसो होइन जब तपाई बेडमा जानुहुन्छ तब भित्री वस्त्र खोलेर सुतीको कपडा प्रयोग गर्नुहोस् यसबाहेक अरु समयमा अनिवार्य भित्री वस्त्र प्रयोग गर्नुहोस् । पुरुषले पनि रातमा सुत्दा भित्री कपडा खोलेर खुकुला सुतीको कपडा प्रयोग गर्नु हितकर हुन्छ ।
लगातार लामो समयसम्म ब्रा लगाउनेहरूको स्तनमा दुखाइको समस्या बढ्न सक्छ।
शरीरलाई असहज महशुस हुन्छ सक्छ ।
रातमा आरामको निन्द्रा पर्दैन ।
शरीरमा एकनासले रक्तसञ्चार पनि राम्रोसँग हुन पाउँदैन
आन्तरिक समस्याहरू पैदा हुन सक्छ।
टाउकोसम्बन्धी रोग लाग्न सक्छ ।
काँधमा दादजस्तो गहिरो दाग बस्न सक्छ ।
नमिलेको ब्रा लगाउँदा गर्दन दुख्नुका साथै ढाडमा समेत दबाब पर्छ ।
गलत साइजको ब्राले पेट खराब गर्छ । हात तथा गर्दनमा सुईले घोचेजस्तो हल्का पीडा महसुस हुन्छ ।
ढाड दुख्ने समस्या पनि हुन सक्ने
कसिलो ब्रा लगाएर सुत्नाले शरीरको कोमल छालामा डाम पर्छ।
छाला चिलाउने समस्या देखिन सक्छ ।
टाईट पेन्टीका कारण तपाईको पेटमा दाग बस्ने, तल्लो पेट थिचिएजस्तो असहज हुने पसिना आउने जस्ता समस्या हुन्छ ।
त्यसैले यस्ता समस्याबाट बच्न दिनमा ब्रा र पेन्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक छ । भित्री वस्त्र खोलेर सुत्नुका फाइदा जानेपछि तपाईंले आफ्नो आनीबानीमा सुधार पक्कै ल्याउनुहुन्छ ।
रक्तसञ्चार राम्ररी हुन पाउँछ ।
दाग बस्दैन
गहिरो निद्रा पर्छ
श्वासप्रश्वास र रक्तसञ्चारमा सहजता भइ आराम महशुस हुन्छ
स्तनसम्बन्धी रोग लाग्दैन
पसिना आउँदैन
क्यान्सरको जोखिम कम गर्छ
सुत्ने बेलामा तपाईका यस्ता आदत छन् भने पनि हटाइहाल्नुहोस् है !
धुम्रपान गर्ने बानी छ भने आजै देखि छोड्नुहोस्
सुत्ने समयमा रक्सी पिउने आदत छ भने पनि त्याग्नुहोस्
कफी वा चिया खाने बानी छ भने आजै देखि छोड्नुहोस्
गुलियो खाएर सुत्ने बानी छ भने त्यो पनि राम्रो होइन
सुत्ने बेलामा चिनी हालेको खाद्य पदार्थ सके सम्म नखाएकै राम्रो
सुत्न जानु अघि मसलेदार खाना पनि नखाएको राम्रो हुन्छ
सुत्न जानु अघि मसलेदार खाना पनि नखाएको राम्रो हुन्छ
बिहान ढिलो उठ्नु छ भन्दैमा राति सम्म टिभी हेरेर बस्ने बानी राम्रो होइन
राति सुत्नु अघि अफिसको काम बारे नसोच्नुहोस्
मोबाईलमा झुण्डिने बानी छोड्नुहोस्
पार्टनरसँग झर्किफर्की गर्ने बानी छोड्नुहोस्
ॠण/धन हिसाब गर्ने बानी छोड्नुहोस्
साथीभाईसँग गफगाफमा मस्त हुने बानी छोड्नुहोस्
एक्लोपना महशुस गर्ने वा भावनात्मक हुने बानी छोड्नुहोस्
तर्क वितर्क गर्ने वैयक्तिक सञ्चार गर्ने बानी छोड्नुहोस्
यी कुराहरु आजैबाट लागू गर्नुभयो भने जीवन सुखी रहन्छ । तर याद राख्नुहोस् ! सकारात्मक सोँच र निरन्तरता भन्दा अर्को ठूलो चिज संसारमा केही हुँदैन ।
(तर याद राख्नुहोस्, गर्भवति, सुत्केरी महिलाले खुकुलो पेन्टी र खुकुलो किसीमको ब्रा लगाउनुहोस् ।)
एजेन्सीको सहयोगमा तयार पारिएको टिप्स /तस्वीर :गुगलबाट