डडेलधुरामा युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ
प्रकाशित मिति: बिहिबार, आश्विन ०४, २०८० | १०:०५:५४
धनगढी । डडेल्धुुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु छन् । घटनामा संलग्न रहेकामध्ये १ जना अझै फरार रहेका प्रहरीले जनाएको छ।२० वर्षीया एक युवतीमाथि फरक–फरक समय र स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । फरार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : बिहिबार, आश्विन ०४, २०८० |
१०:०५:५४
1607