साफ यू–१९ च्याम्पियनसिप आजदेखि : नेपाल-पाकिस्तान भिड्दै
काठमाडौँ । आजदेखि साफ यू–१९ च्याम्पियनसिप शुरु हुन लागेको छ । काठमाडौँमा हुने यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा माल्दिभ्स र पाकिस्तानसँग रहेको छ भने समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश रहेका छन् । नेपालले आफ्नो पहिलो खेल आज अपराहन्न ५स् ३० बजे पाकिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यस्तै समुह बि मा रहेको भारत र बंगलादेशबीचको खेल आजै दशरथ रंगशालामा दिउँसो १स् ३० बजेदेखि सुरु हुनेछ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । साफ यू-१९ प्रतियोगिताका लागि नेपालले २३(सदस्यीय टिम घोषणा गरेको छ । यू(१९ टिमको प्रशिक्षकमा प्रशिक्षक सुनिल श्रेष्ठ रहेका छन् ।
नेपाली यू-१९ टिमस्
गोलकिपर- जियारत शेख, रविन बोगटी र अमित तामाङ ।
डिफेन्डर- सेमन्ता थापा, विशाल नेपाली, विक्रम तामाङ, आयुष तिम्सिना, आश्विन घोरासाइने, दीपक थापा मगर, निशाङ पाराङडेन (लिम्बु) र गौरव महर्जन ।
मिडफिल्डर- कुशल देउला, लक्षु थापा, प्रशान्त लक्षम, अभिनाश स्याङ्तान, अनिल भोम्जन, धनसिंह बिके, हरिशराज भट्ट र नेल्सन तामाङ
फरवार्ड- समिर तामाङ, निराजन धामी, सुजन डंगोल र सिद्धार्थ अधिकारी ।