आजदेखि देशभरका सामुदायिक बिद्यालय बन्द
प्रकाशित मिति: बिहिबार, आश्विन ०४, २०८० | १०:१०:२७
काठमाडौं । आज देखी सामुदायिक बिद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ । आफना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आए पछि देशैभरीका सामुदायिक बिद्यालय बन्द हुन लागेको हो । विद्यालय बन्द हुँदा देशभरका ७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित हुने अवस्था सिर्जना भएको छ। सरकारले संसद्मा दर्ता गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८०’ विरुद्ध देशभरका शिक्षक कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
प्रकाशित मिति : बिहिबार, आश्विन ०४, २०८० |
१०:१०:२७
1827