एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा असोज २८ गते
काठमाडौं । एनआईसी एसिया बैंकले २६ औं वार्षिक साधारणसभा डाकेको छ । बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले साधारणसभा यही असोज २८ गते काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट गर्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्ष २०७९।८० का लागि प्रस्तावित चुक्तापुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको कुल ३०।५२६३ प्रतिशतले हुन आउने ३ अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँ बराबरको लाभांश अनुमोदन गर्नेछ ।
प्रस्तावित लाभांशमा २९ प्रतिशतले हुन आउने ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ १।५२६३ प्रतिशतले हुन आउने १७ करोड ६५ लाख ३ हजार २४० रुपैयाँ बराबरको नगद लाभांश रहेका छन् । प्रस्तावित लाभांश बैंकको वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउनेछन् । लाभांश र वार्षिक साधारण सभाको प्रयोजनका लागि बैंकले असोज १६ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंकको असोज १५ गतेसम्म कायम शेयरधनीहरुले मात्रै बैंकको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् । सभाले बैंकको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्ने जनाइएको छ ।