क्यान निर्वाचन : सचिवमा पारस खड्का निर्वाचित
प्रकाशित मिति: शनिबार, आश्विन ०६, २०८० | १९:४५:४८
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारणसभाबाट सचिवमा नेपाली क्रिकेट राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् । शनिबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा भएको निर्वाचनमा पारसले जितका लागि आवश्यक ४४ मत ल्याउँदै निर्वाचित भएका हुन् । पारसका प्रतिद्वन्दी प्रशान्तविक्रम मल्लले ३२ मत ल्याए । अब १० मत गणना हुन बाँकी छ।
प्रकाशित मिति : शनिबार, आश्विन ०६, २०८० |
१९:४५:४८
5457



















