सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
प्रकाशित मिति: आइतबार, आश्विन ०७, २०८० | ९:२१:०१
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदै छ । जिल्ला अदालत काठमाडौँमा आज सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको हो । यसअघि यही असोज १ गतेका लागि पेसी तोकिए पनि न्यायाधीश अभावका कारण स्थगन गरिएकाे थियाे । मुद्दाकै कारण चीनमा भइरहेको एसिया खेलकुदका लागि नेपाल टिममा परे पनि लामिछाने चीन जाने नजाने टुंगो लागेको छैन ।
प्रकाशित मिति : आइतबार, आश्विन ०७, २०८० |
९:२१:०१
1035