सुनको भाउ घट्यो, प्रतितोलाको मुल्य कति ?
प्रकाशित मिति: शुक्रबार, आश्विन १२, २०८० | १५:००:०६
काठमाडौं । आज शुक्रबार सुनको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो । यस्तै शुक्रबार तेजावी सुन पनि प्रति तोला ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । यता चाँदीको भाउ भने आज तोलामा २५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
प्रकाशित मिति : शुक्रबार, आश्विन १२, २०८० |
१५:००:०६
2355