सल्यानमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १५ जना घाइते
प्रकाशित मिति: शनिबार, आश्विन १३, २०८० | १२:१०:०३
काठमाडौं । सल्यानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। शुक्रबार बेलुकी छत्रेश्वरी गाउँपालिकाबाट शारदा नगरपालिका १२ कागखोला तर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप छत्रेश्वरी-५ लेखपोखरामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सल्यानकै शारदा नगरपालिका- १२ तिमिलेकी करिब ७५ वर्षीया ध्रुवी बोहरा र शारदा- १५ बरलाका ४५ वर्षीया मुना सेजवाल रहेका छन् ।दुर्घटनामा परी १४ जना घाइते भएका छन्। प्रहरीका अनुसार जिप सडकबाट करिब ६० मिटर तल खसेको छ। घाइतेको स्थानीय विभिन्न अस्पतलामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुलिसकेको छैन।
प्रकाशित मिति : शनिबार, आश्विन १३, २०८० |
१२:१०:०३
2025