एसियाली खेलकुद : नेपाली पब्जी टिम सेमिफाइनल चरणबाट बाहिरियो
प्रकाशित मिति: शनिबार, आश्विन १३, २०८० | १७:१०:४६
हान्झाउ । १९औं एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको छ । आज बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको प्रतिस्पर्धाको समूह ‘ए’ को सेमिफाइनलमा नेपाली टिम दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भएको हो।
नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले शनिबार खेलेका थिए। कोरिया र ताइपेई भने फाइनल चरणमा पुग्न सफल भएका छन्। सेमिफाइनल चरणको समूह बी को खेल शनिबार दिउँसो हुनेछ । सेमिफाइनलमा दुवै समूहबाट शीर्ष दुई टोली फाइनल चरण पुग्नेछ र फाइनल चरणमा शीर्ष तीन स्थानमा रहनेले पदक जित्नेछ ।
प्रकाशित मिति : शनिबार, आश्विन १३, २०८० |
१७:१०:४६
1827