एसियाली खेलकुद : महिला भलिबलमा भियतनामसँग नेपाल पराजित
प्रकाशित मिति: शनिबार, आश्विन १३, २०८० | १९:२२:५३
काठमाडौं । चीनको हान्झाउमा जारी एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाली टिमले आफ्नो पहिलो खेलमा पराजित भएको छ ।शनिबार हाङझाउको देक्वाइ स्पोर्ट्स सेन्टरमा भएको डेब्यु खेलमा नेपालमाथि भियतनामले ३(० को सोझो सेटमा जित हात पारेको हो।भियतनामले नेपाललाई २५(४, २५(१६, २५(१३ ले पराजित गरेको हो ।
पहिलो सेट नेपालले कमजोर देखाउदा ४(२५ अंकले पराजित भयो। दोस्रो सेटमा नेपालले खेलमा सुधार ल्याए पनि जित निकाल्न सकेन। दोस्रो सेटमा नेपाल १६(२५ अंकको अन्तरले पराजित भयो। तेस्रो सेटमा सुरुवाती अग्रता लिए पनि नेपाल भियतनामभन्दा कमजोर हुन पुग्यो। यसै सेटमा १३(२५ अंकको आधारमा नेपाल पराजित भएको हो ।
प्रकाशित मिति : शनिबार, आश्विन १३, २०८० |
१९:२२:५३
4665