नेतालाई छोराछोरी सरकारी विद्यालयमा पढाउन रोकायको आग्रह
प्रकाशित मिति: शनिबार, आश्विन १३, २०८० | २१:२२:१४
काठमाडौँ । अनेरास्ववियु महासचिव नरेश रोकायाले आफ्नो छोराछोरी सरकारी विद्यालयमा पठाउने घोषणा गरेका छन् । अनेरास्ववियुको लुम्बिनी प्रदेशको प्रथम अधिबेशनमा बोल्दै उनले आफ्नी छोरी लाई सरकारी विद्यालय पढाउने घोषणा गरेका हुन् । उनले एमाले नेता तथा कार्यकर्तालाई पनि आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउन आग्रह गरेका छन् ।
‘एमालेका नेता जसले आफ्ना छोराछोरीलाई सरकारी विद्यालय पढाइरहेका छन ति नेतालाई पार्टीले सम्मान गर्नुपर्दछ । सरकारी विद्यालयमा पढाउने नेता साच्चिकै क्रान्तिकारी र देशभक्त हुन’ उनले भने । उनले सरकारी विद्यालयको व्यवस्थापन बलियो भएमात्र सरकारी शिक्षाको गुणस्तर बलियो हुने बताए ।
प्रकाशित मिति : शनिबार, आश्विन १३, २०८० |
२१:२२:१४
4313