डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर
प्रकाशित मिति: मंगलबार, आश्विन १६, २०८० | ११:००:३२
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैँकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । मंगलबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रुपैयाँ ६६ पैसा र बिक्री दर १४० रुपैयाँ २९ पैसा रहेको छ।
यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १२ पैसा र बिक्री दर १६१ रुपैयाँ ८५ पैसा रहेको छ। यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैँकले सावैजनिक गरेको विवरणमा उल्लेख छ ।
प्रकाशित मिति : मंगलबार, आश्विन १६, २०८० |
११:००:३२
3521