गुण्डा नाइके रिगललाई आममाफी दिएको विरोधमा भारतीले सुरु गरिन् अनशन
प्रकाशित मिति: बुधबार, आश्विन १७, २०८० | ११:५८:५५
काठमाडौं । भारती मानन्धरले आफ्ना श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको आममाफीविरुद्ध अनशन सुरु गरेकी छन् । न्याय माग्न काठमाडौं आएकी भारतीले माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी हुन् । उनले आफुले न्याय नपाएसम्म अनसन नछोड्ने बताएकी छन् ।
अदालतबाट जन्मकैद पाएका रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए । भारतीले रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दिएकी छन् ।
प्रकाशित मिति : बुधबार, आश्विन १७, २०८० |
११:५८:५५
2531