नेपालगञ्जमा आज पनि कर्फ्यु कायमै
प्रकाशित मिति: बुधबार, आश्विन १७, २०८० | १३:५८:३०
नेपालगञ्ज । नेपालगञ्जमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आज (बुधबार) पनि कायमै रहेको छ । अनिश्चितकालीन कर्फ्युका कारण नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको छ । कर्फ्युका कारण मानिस अत्यावश्यक काम बाहेक घर बाहिर निस्किएका छैनन् । धार्मिक हिंसा बढ्न सक्ने जोखिम बढ्दै गएपछि नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले नेपालगञ्जमा कर्फ्यु लगाएको थियो ।
मंगलबारको झडपमा तीन सुरक्षाकर्मी र १३ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रशासन कार्यालयका अधिकृत विष्णु साहनीले सम्पूर्ण राजनीतिक दल, नागरिक समाजलगायत व्यक्तिबाट सामाजिक सद्भाव र शान्ति कायम गर्न अहम भूमिकाको अपेक्षा गर्दै सामाजिक सद्भाव बिग्रने गरी भ्रामक सन्देश प्रवाह नर्गन अनुरोध गरेका छन् ।
प्रकाशित मिति : बुधबार, आश्विन १७, २०८० |
१३:५८:३०
1893