राष्ट्रिय क्रिकेट टिम फर्कियो स्वदेश
प्रकाशित मिति: बिहिबार, आश्विन १८, २०८० | १७:१०:१९
काठमाडौं । १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुन गएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ|क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली आज बिहान स्वदेश फर्किएको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताए ।
अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको उनले सुनाए । आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने उनको धारणा थियो । क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी भएको बताए । उनले मेंगोलियाविरुद्ध भएको खेलमा सर्वाधिक कम बलमा अर्धशतकको रेकर्ड बनाएका थिए ।
प्रकाशित मिति : बिहिबार, आश्विन १८, २०८० |
१७:१०:१९
1761