नेपालगन्ज : विवाद बढेपछि फेरि कर्फ्यु
प्रकाशित मिति: शुक्रबार, आश्विन १९, २०८० | १३:००:४६
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा अब दिनको समयमा निषेधाज्ञा र रातको समयमा कर्फ्यु हुने भएकाे छ । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सुचना जारी गर्दै शुक्रबार बिहान एक सूचना जारी गर्दै यहाँ दिनको समयमा निषेधाज्ञा र रातको समयमा कर्फ्यु आदेश जारी गरेको हाे । स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम शुक्रबार बिहान ६ बजेदेखि नेपालगञ्ज नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको हाे ।प्रशासनले नगर क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने, हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरेकाे जनाएकाे छ ।
प्रकाशित मिति : शुक्रबार, आश्विन १९, २०८० |
१३:००:४६
1717