हुम्लामा तुइनबाट खसेर एक जना बेपत्ता
प्रकाशित मिति: आइतबार, आश्विन २१, २०८० | १२:००:१९
हुम्ला। हुम्लामा तुइन तर्ने क्रममा नदीमा खसेर एक जना बेपत्ता भएका छन् । सर्केगाड गाउँपालिका-३ स्थित लेप्चेघाटमा मुगुका ३८ वर्षिय मकरसिह नेपाली तुइनबाट खसेर बेपत्ता भएका हुन् । उनी शनिबार साँझ ६ बजेरतिर तुइनबाट खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीले बेपत्ता नेपालीको खोजी गरिरहेको छ ।
प्रकाशित मिति : आइतबार, आश्विन २१, २०८० |
१२:००:१९
1387