इजरायलमा हमासको हमला : मृत्यु हुनेकाे संख्या २३० नाघ्याे
प्रकाशित मिति: आइतबार, आश्विन २१, २०८० | १४:००:४३
काठमाडौं । इजरायलमा हमास विद्रोही समूहको आक्रमण जारी छ। बीबीसीका अनुसार यस हमलामा हालसम्म २ सय ३० भन्दा बढीको मृत्यु भइसकेको छ भने १ हजार ७०० भन्दा बढी घाइते भएका छन् । आक्रमणपछि तीन नेपाली सम्पर्कविहीन भएका छन्। घटनामा नौ नेपाली घाइते भएका छन्। जसमध्य दुई जनाको अवस्था गम्भीर रहेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलले पनि जवाफी हमला सुरु गरिसकेको जनाएको छ । इजरायली सेना,आइडीएफले गाजा क्षेत्रका बासिन्दालाई घर छाड्न आग्रह गरेको छ ।
प्रकाशित मिति : आइतबार, आश्विन २१, २०८० |
१४:००:४३
1827