इजरायल-हमास युद्ध : मृत्यु हुनेको संख्या ११ सय नाघ्यो
प्रकाशित मिति: सोमबार, आश्विन २२, २०८० | १०:२८:३५
काठमाडौं । इजरायल-हमास लडाइँमा दुबैपक्षका गरी कम्तिमा १ हजार १ सय मानिसहरूको मृत्यु भएको छ। शनिबारदेखि जारी आक्रमणको ३६ घन्टामा १ हजार १ सय जनाको मृत्यु भएको हो । बीबीसीका अनुसार यस आक्रमणमा हालसम्म ७०० बढी इजरायली र ४१३ प्लालेस्टाइनी मारिएका छन् । आइतबार रातिसमेत प्यालेस्टिनी क्षेत्र गाजाबाट दक्षिणी इजरायलमा रकेट प्रहार भएको बताइएको छ ।अमेरिकाले यो आक्रमणमा आफ्ना नागरिकको पनि ज्यान गएको बताउँदै हतियार र सैन्य सहयोगको घोषणा गरेको छ ।
प्रकाशित मिति : सोमबार, आश्विन २२, २०८० |
१०:२८:३५
2355